बसले किच्दा ड्युटीमा खटिएका सशस्त्रका इन्स्पेक्टर तुलाधरको मृत्यु



सर्लाही । सर्लाहीमा यात्रुबहाक बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको हो ।

बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा उक्त हताहत भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो । मृतक तुलाधरको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

बसका सहचालक र अन्य सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज