पर्सामा चिसोबाट प्रभावित परिवारलाई कम्बल वितरण



वीरगंज। बढ्दो चिसोलाई मध्यनजर गर्दै पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २, सिसियाडीमा बुधबार कम्बल वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सा, उद्योग वाणिज्य संघ, र रेडक्रस सोसाइटीको सहकार्यमा विपन्न परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सिसियाडीका २५० विपन्न परिवारलाई कम्बल वितरण गरिएको जानकारी दिए। बढ्दो चिसो र शीतलहरले प्रभावित परिवारलाई राहत दिन जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट कम्बल वितरण गरिएको उनले बताए।

कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालसँगै सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतम, सुमन कुमार कार्की, प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रशासकीय अधिकृत दीपक पटेल, र सानोदीप सामाजिक संस्थाका अध्यक्ष क्रिश पटेललगायतको उपस्थिति थियो।

यो कार्यक्रमले चिसोको असरबाट जोगिन विपन्न समुदायलाई ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज