अनुप तिवारी सहित चार पत्रकारलाई प्रेस चौतारीबाट पाँच वर्षका लागि सधारण सदस्य समेत नरहने गरी निष्काशन



वीरगंज । प्रेस चौतारी नेपालले संगठनको नीति र निर्णयविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा चार पत्रकारलाई प्रेस चौतारीबाट पाँच वर्षका लागि सधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारीका उम्मेदवारविरुद्ध सक्रिय भएको भन्दै पर्साका अनुप तिवारी, बाकेका रूद्र सुवेदी, सिन्धुपालचाेकका दिनेश थापा र एशाेसिएट प्रदेशका मनुका कुँवरलाइ कारबाही गरिएको जनाएकाे छ । चाैतारीकाे बैठकले निर्णयमा विरोधी संगठनको योजना अनुसार उम्मेदवार बन्ने, संगठनको निर्णय विरुद्ध लाग्ने र नेतृत्वलाई समाजिक सञ्जालमा आपत्तिजनक आक्षेप लगाउने लगायतका अनुशासनहीन र विद्यान विरोधी काम गरेको अभियोग प्रमाणित भएकाले कार्वाही गरिएको भनिएको छ ।

त्यस्तै, महासंघको निर्वाचनमा संगठनको निर्णयविपरीत उम्मेदवारी दिएका प्रस्तावक र समर्थकलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय चौतारी केन्द्रीय कमिटीको बैठकले गरेको छ ।

बैठकले संगठनको स्थापना दिवसका अवसरमा प्रदान गरिने हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित अन्य पुरस्कारहरूका लागि सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

यसैवर्ष महिला पत्रकारलाई प्रदान गर्न स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न उपाध्यक्ष देवीका घर्तीमगरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रेस चौतारीले संगठनको अनुशासन सुदृढ गर्न कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । संगठनले आगामी दिनमा आफ्नो गतिविधि र निर्णयलाई अझ प्रभावकारी बनाउँदै जाने बताएको छ ।

https://www.facebook.com/share/p/19mrBnHHcn/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज