
वीरगंज । वीरगंज: पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा युवा व्यवसायी रुपेश पाण्डेयको चर्चा दिनप्रतिदिन बढ्दै गएको छ। समाज सेवा र जनताको समस्याको समाधानमा सक्रिय रहेका पाण्डेयको लोकप्रियता गाउँ-गाउँमा फैलिएको छ। पछिल्लो समय उनले आफ्नो व्यवसायका साथै समाज रूपान्तरणको अभियानमा समेत जुटेका छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरिरहेका पाण्डेयले पोखरिया बजारको विकासलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो भिजन प्रस्तुत गरेका छन्। उनी मठमन्दिरको संरक्षण, कृषिमा प्रविधिकरण र आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्यमा नागरिकको सहज पहुँचजस्ता मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन्।
पाण्डेयले पर्सा क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन योजनाबद्ध रूपमा काम गरिरहेका छन्। स्थानिय सडकको दुरावस्था, खानेपानी अभाव, र तरकारी बजार व्यवस्थापनको समस्याबारे जनताका गुनासाहरू सुन्न र समाधानको उपाय खोज्न उनी व्यस्त देखिन्छन्। उनले कृषकहरूको समस्या समाधान, शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, र रोजगारीका अवसर सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
मधेश प्रदेशको ८ जिल्लामध्ये पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा ९०,४३२ मतदाता छन्। यो क्षेत्रफल २३२ वर्ग किलोमिटर रहेको यस क्षेत्रमा ७ स्थानीय तह, ३५ वटा वडाहरू, २ नगरपालिका, र ५ गाउँपालिका समेटिएका छन्।
पाण्डेयले क्षेत्रलाई नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्य राखेका छन्। कृषि उत्पादनको बजारीकरण, चिस्यान गृहको स्थापना, र पर्यावरणीय सुधारका लागि वृक्षारोपणलगायतका योजनाहरूमा उनले जोड दिएका छन्। उनले भने, “पर्सा क्षेत्र नम्बर ३ लाई यस्तो क्षेत्र बनाउनु छ, जसलाई देशभरका अन्य क्षेत्रले नक्कल गर्न चाहुन्। यो सम्भव बनाउन समाजको हितका लागि काम गर्न नेतृत्वलाई समाज विशेष हुन जरुरी छ।”
पाण्डेयको सक्रियता र सकारात्मक सोचले क्षेत्रवासीबाट प्रशंसा पाएको छ। उनलाई २०८४ को निर्वाचनमा सांसदको रूपमा देख्न चाहनेको संख्या बढ्दो छ। उनका अनुसार, “नेतृत्वले जनताको भरोसा र विश्वासलाई पूरा गर्न सक्नुपर्छ। केवल पद ओगटेर बस्नु मात्र पर्याप्त हुँदैन।”
पाण्डेयले पर्सा क्षेत्र नम्बर ३ लाई आर्थिक, सामाजिक, र पर्यावरणीय दृष्टिकोणबाट समृद्ध बनाउन निरन्तर प्रयास गरिरहेका छन्।