अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०७८ श्रावण १५, शुक्रबार १२:५२ बजे

काठमाडौं । नेपाली जनता दलका केन्द्रीय सदस्य राम बाबु रजकले  अब आउने निर्वाचनमा सप्तरीबाट आफुले जित हासिल गर्ने बताएका छन् ।  अहिले नेपाली जनता दलप्रति सप्तरीका स्थानीय जनताले बिश्वासका साथ सहयोग गर्न थालेकाले अब आउने चुनावमा स्थानीय तह देखि प्रतिनिधि सभा सदस्य सम्म आफ्नो पार्टीले जित हासिल गरेर छाड्ने उनले बताए।ठुला दलले गरिब पिछडिएका जनताको बारेमा कुनै काम नगरेको आरोप लगाउदै नेता रजकले नेपाली जनता दलले थोरै भए पनि जनताको हितमा काम गरिराखेको बताए। अहिले पनि गरिब जनतालाई शुद्ध खानेपानीको लागि  १ हजार ट्युबवेल बितरण गरिएको समेत उनले बताए। अहिले पनि सप्तरीका धेरै स्थानका  स्थानीय स्वस्थ्य,शिक्षा ,खानेपानी ,सडक बाट बन्चित रहेको  भन्दै  नेपाली जनता दलले चुनावमा जित हासिल गरे बिशेष गरेर गरिब जनतालाई शिक्षा, स्वस्थ्य , खानेपानी सडकको पहुँचमा  ल्याइने पनि उनले बताए।अहिले ७७ ओटै जिल्लामा सङ्गठन बिस्तार भइसकेको त्यस्तै भ्रष्टाचार बिरुद्ध आफ्नो दलले अभियान चलाउने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय