नक्कली विज्ञप्तिवाट भ्रमित नहुन कांग्रेसको आग्रह



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नक्कली विज्ञप्तिमा भ्रमित नहुन आग्रह गरेकाे छ ।

कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारबारे जनतालाई भ्रम छर्ने कुत्सीत उद्देश्यले सभापतिको नाम राखेर नक्कली विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा सरकारले ल्याएको अध्यादेशको विरोधमा कांग्रेसको धारणा भन्दै भाइरल बनाइएपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रमित नहुन जनतालाई आग्रह गरिएकाे छ ।

त्यस्तै, विज्ञप्तिमा यस्ता कार्य गैरकानूनी कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज