नगर प्रमुख यादवको घरको ३ लाख ६४ हजार रुपैया विद्युत महसुल बाकि, लाइन काट्न गएका कर्मचारीलाई थुने



कलैया ।  जनप्रतिनिधिहरुकै लाखौ रुपैया बिधुत महसुल बाकि राख्ने गरेको बाराको महागढ़ीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवको घटनाले तथ्य सार्वजनिक भएको छ ।

सोमबार लाखौ रुपैया बिधुत महसुल नतिरेको भन्दै बिधुत प्राधिकरणका कर्मचारी लाइन काट्न गएपछि नगर प्रमुख उपेन्द्र प्रसाद यादवले विद्युत प्राधिकरणका कर्मचारीलाई थुनेका छन् । मेयर यादवको घरको विद्युत् महसुल नतिरेको भन्दै लाइन काट्न गएका प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर उनले थुनेका हुन्।

नगर प्रमुख यादवको घरको लाईन काटेपछि सो घटना भएको हो। विद्युत प्राधिकरण कलैया शाखाका पाँच जना कर्मचारीहरुलाई नगर प्रहरीले नगरपालिकामा थुनेका हुन् ।

प्राधिकरणका सुनिल राय सहायक लेखापाल,हृदय नारायण महतो इलेक्ट्रीशियन,अमिचन महतो चालक,सन्दिप सरार्फ कार्यालय सहयोगी र देवी नारायण यादव मिटर रिडरलाई नगरपालिकामा थुनेको श्रोतले बताएको छ।

नगर प्रमुख यादवको घरमा जडान भएको बिधुतिय मिटरको तीन लाख ६४ हजार ९ सय २१ रुपैया ७४ पैसा शुल्क बाकी रहेकोले घरको लाईन काटिएको प्राधिकरणका कर्मचारीले बताएका छन् ।

पछिल्लो समय प्राधिकरणले विद्युत बक्यौता बाकि रहेको ग्राहकको लाइन काट्दै आएको छ। यसैविच नेपाल विद्युत प्राधिकरण अधिकारिक टे«ड युनियन कर्मचारी संघ एकाई समिति कलैया बाराले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी कर्मचारीलाई तत्काल रिहा गर्न माग गरिएको छ।

प्राधिकरणका कर्मचारी,तथा नेपाल प्रहरीका कर्मचारीलाई अपहरण शैलमिा नियन्त्रणमा लिइएको प्रेस विज्ञप्तिमा लेखिएको छ। एकाई समिति कलैया बाराका अध्यक्ष रंजित प्रसाद जैसवार लगायतकाले प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।

विज्ञप्तिमा यसले कर्मचारीको मनोबल गिराउने काम भएको लेखिएको छ। दोषीलाई कडा भन्दा कडा सजाय गर्न माग गर्दै त्यसो नगरिएमा प्राधिकरणको सबै कामकाज ठप्प पार्ने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज