काठमाडौं । देउवा नेतृत्वको सरकारमा सहभागी हुन करोडौं रुपैयाको चलखेल भनेर प्रकाशित समाचार प्रती प्रतिनिधिसभा साम्सद तेजुलाल चौधरीले एक बिज्ञप्ती निकालेर घोर निन्दा र भ्रस्सना गरेको छ। एक अनलाइनमा प्रकाशित समाचारमा “रामचन्द्रले बिक्रीमा राखे मन्त्री पद, करोडेाेको चलखेल” शिर्षकमा छापिएको उक्त समाचार कपोकल्पित रहेको र यस्ता भ्रामक समाचारले समाजमा नराम्रो संदेश जाने समेत बताइएको छ।साम्सद चौधरीले भनेका छन् ” यदि मेरो बिषयमा छापिएको समाचारको खण्डन गर्न सके अर्थात पुष्टि गर्न सकेछ भने राजनीति बाटै सन्यास लिने भनिएको छ।
यस्तो छ प्रेस बिज्ञप्ती
विषयः प्रेस विज्ञप्ती ।
आदरणीय दाजुभाई, दिदीबहिनी तथा शुभचिन्तक मित्रहरु,
एक अनलाईनमा बिहीबारका दिन मेरा बारेमा प्रकाशित समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उठान गरिएका विषयहरु कपोलकल्पित, भ्रमित, मनगढन्ते भएको र यसले जनमानसमा भ्रम सृजना गरेको तथ्य स्मरण गराउन चाहन्छु । उक्त समाचार मेरो राजनीतिक एवम् व्यक्तिगत चरित्रहत्या गर्ने किसिमको भएको हुँदा पुर्ण असत्य भएको जानकारी गराउँदछु । नेपाली कांग्रेसको राजनीतिमार्फत जनताको सेवामा क्रियाशिल मेरा लागि कुनै पनि राजनितिक पद प्राप्त गर्न अनैतिक र गैरकानुनी विकल्प सोच्न आवश्यक छैन । मेरो सक्रियता, क्रियाशिलता र जनताप्रतिको सेवाका कारण सप्तरी जिल्लाका अपार मायाका कारण २ पटक जनप्रतिनिधिको रुपमा विजय भईसकेको छु भने एक पटक नेपाल सरकारको राज्यमन्त्रीका रुपमा पार्टीको सिफारिसमा नियुक्त भईसकेको छु । नेपाली कांग्रेसका जिम्मेवार नेताको नामसँग जोडेर मेराबारेमा प्रकाशित भएको उक्त समाचारले जनमानसमा भ्रम सृजना गरेको हुँदा उक्त समाचारप्रति कसैलाई पनि विश्वास नगर्न म हार्दिक आग्रह गर्न चाहन्छु ।
भ्रमपूर्ण समाचार प्रकाशन गर्ने संचारकर्मीलाई म चुनौती दिन चाहन्छु — यदि तपाईले उक्त आरोप पुष्टि गर्न सक्नु भयो भने म सक्रिय राजनीतिबाटै अलग हुनुका साथै सांसद पदबाट राजिनामा दिन समेत तयार रहेको चुनौती दिन चाहन्छु । राज्यको चौथो अंगजस्तो जिम्मेवार संचारकर्मीलाई मर्यादित र पत्रकार आचारसंहिताको ख्याल गर्दै जिम्मेवार भुमिका निर्वाह गर्न म आग्रह गर्न चाहन्छु । भ्रमपूर्ण समाचार प्रकाशित गर्ने कार्यले जिम्मेवार पत्रकारिता गरेको नठहरिने हुँदा यस्ता कार्य मेरा बारेमा आगामी दिनमा नगर्न पनि सुचित गर्न चाहन्छु ।
मिति २०७८÷०४÷१५