बारामा ८ किलो २५२ ग्राम लागू औषधसहित हेटौंडाका २ जना पक्राउ



बारा, चैत्र १५ – सशस्त्र प्रहरी बल नेपाल, राजस्व प्रहरी इकाई पथलैया बाराले लागू औषध अफिम जस्तो पदार्थसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार दिउँसो करिब ३:०० बजे जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १ स्थित एक कार जाँचका क्रममा ८ किलो २५२ ग्राम लागू औषध अफिम जस्तो पदार्थ बरामद गरिएको सशस्त्र प्रहरी बल टोलीले जनाएको छ। बा प्र -०१-०२९ च ५४१४ नम्बरको कार रोकी चेकजाँच गर्दा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त लागू औषध फेला परेको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर, हेटौंडा उप-महानगरपालिका वडा नम्बर १२ का ४४ वर्षीय मिलन भोलान र ४७ वर्षीय गोपाल प्रसाद गौतम रहेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको छ।

यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज