रवीन्द्र र धवलसहित पक्राउ परेका ४१ जनालाई थप ७ दिन थुनामा राख्न अनुमति



काठमाडौं । काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित ४१ जनालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई आपराधिक उपद्रव र संगठित अपराधमा बुधबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज