
यतिबेला समाजिक सञ्जालमा भाईरल बनेको एक भिडियोपछि चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसिएको छ ।
काठमान्डौँमा एक सर्वसाधारण यात्रुलाई निर्मम कुटपिट गरिरहेको् भिडियो सार्वजनिक भएपछि भिडियोमा देखिएका चारै जना ट्राफिक प्रहरीलाई कारवाही गरिएको हो ।
उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । साथै, घटना गत मंसिर ११ गतेको रहेको प्रहरीले जनाएको छ । गत मँसिरकै भिडियो फेसबुकमा एकाएक भाईरल बनेपछि चारै जना ट्राफिक प्रहरी कारवाहीमा परेका छन् ।
उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ ।
एक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ ।
ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ ।
ट्रफिकको हरकतपछि चारैतर्फ आक्रोस बढेको छ । सर्वसाधारणहरुमा प्रहरीप्रति आक्रोस व्यक्त गरिएको छ ।