
वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा., प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त विशेष टोलीले वीरगञ्ज महानगरपालिका–१, छपकैया गाउँस्थित तीनवटा घरमा एकसाथ कर्डन तथा छापामारी गरेको छ।
छापामारीको क्रममा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लुकाइ छिपाइ राखिएको तयारी कपडा फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए। बरामद कपडाको भन्सार दाखिला मूल्य करिब ६ लाख ९८ हजार ८ सय रुपैयाँ बराबर रहेको छ।
बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि यस्तो संयुक्त अपरेसनलाई सुरक्षा निकायले सशक्त कदमका रूपमा लिएको बताइएको छ।
प्रतिक्रिया!