मधेश प्रदेश सांसद सरोजकुमार सिंह अनामनगरबाट पक्राउ



काठमाडौँ । मधेश प्रदेश सांसद सरोजकुमार सिंह अनामनगरबाट पक्राउ परेका छन् । प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । उनी जसपा सांसद हुन् ।

उनले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । केही दिनअघि मात्रै अख्तियारको टोलीले सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो ।

विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम सचिव कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारको भनाइ छ । त्यसबेला प्रहरीले सांसद सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत कब्जामा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज