अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ श्रावण १६, शनिबार ०१:०६ बजे

पर्सा, १५ श्रावण जनप्रतिनिधिको चरम लापरवाहीको कारण पर्साको पोखरीया नगरपालिकाको अवस्था दिनप्रतिदिन दयनिय बन्दै गएको छ ।

नगरवासीहरले नगरप्रमुखमा युवा व्यक्तिलाई चयन गरी पोखरीयाको विकासमा आमुल परिवर्तन गर्ने अपेक्षा गरेको भए पनि निर्वाचित जनप्रतिनिधिहरु जनताका आकांक्षा र भावना विपरित भ्रष्टाचार र अनियमिततामा लाग्न थालेपछि पोखरीयाको शिक्षा, स्वास्थ्य र विकास निर्माण लथालिङ्ग भएको छ ।

नगरप्रमुख दिपनारायण रौनियार नगरवासीको अपेक्षा विपरित भ्रष्टाचार र अनियमिततामा फसेपछि अहिले उनलाई आफ्नै राजनीतिक गुरु राजकुमार यादवले समेत साथ छोडेको बर्षौ भई सकेको छ ।

युवाले आमुल परिवर्तन गर्न सक्ने अपेक्षा सहित आफूले दिपनारायण रौनियार मन्टुलाई नगरप्रमुखमा चुनाव लडाएर जिताएको भए पनि मन्टु जनभावना विपरित हिड्न थालेपछि आफ्नो टिमले साथ छाडेको यादवले बताउनु भयो ।

अहिले नगर प्रमुख सहितका जनप्रतिनिधिहरुको लापरवाहीको कारण पोखरीयाको जिल्ला उच्चांगल मावि, पोखरीया अस्पतालको विजोग भएको छ भने पोखरीया नगर क्षेत्रमा विकास निर्माणको नाममा नगरपालिकाले गरेका काम गुणस्तरहिन भएको भन्दै नगरवासी आक्रोशित भएका छन् ।

जनप्रतिनिधिहरु अनियमितता र कमिशनमा फस्दा पोखरीयामा बनेका सडकहरुले उदाहरण देखाएका छन । युवा जोश जागरका साथ दुई दुई जना सांसद भई सकेका व्यक्तिलाई हराएर नगर प्रमुखमा निर्वाचित भएका दिप नारायण रौनियारले पोखरीयाको विकासलाई द्रुतगतिमा अगाडी बढाउने अपेक्षा विपरित उल्टो गतिमा नगरलाई हिडाएको आरोप पोखरीयाका स्थानियवासीले लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय