अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ श्रावण १६, शनिबार ०९:५१ बजे

बिरगंज , १६ साउन । पर्सा प्रहरीले एक जना व्यक्तिको हत्या र लुटपाटमा संलग्न रहेको तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सर्लाही लालबन्दी नगरपालिका वडा नं. १ घर भई काठमाडौंमा बस्दै आएका २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या र लुटपाटमा संलग्न रहेको तीन जनालाई बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा जिल्ला बीरगन्ज महानगरपालिका वडा नं. ७ रामटोलका २५ वर्षीय राम महर्जन, सोही टोलका विक्की भन्ने २७ वर्षीय दिप लामा तामाङ र बारा जिल्ला फेटा गाउँपालिका वडा नं. ३ का धनन्जय रजक रहेका छन् ।

साथै, लुटपाट गरि अन्य सर समान धनमाल लिई फरार हुने भारत बिहार, पूर्वी चम्पारण, जिल्ला मोतीहारी घर भई बीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने रवि सर्राफको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय