२०७८ श्रावण १८, सोमबार १५:१३ बजे

वीरगंज, १८ साउन l युके ऐड नेपालको सहयोगमा पिपुल इन निड र आसमान नेपालको सहकार्यमा सञ्चालित आरम्भ परियोजना अन्तर्गत आफ्नो व्यवसाय शुरू तथा सुधार सम्बन्धी सातदिने तालिम आज बाराको सुवर्ण र देवताल गाउ“पालिकामा सम्पन्न भएको छ ।

उक्त तालिममा १५ देखि १९ वर्षका विद्यालय बाहिर रहेका किशोरीहरूलाई ८ महिना पठनपाठन गराई उनीहरूको जीविकोपार्जनका निम्ति उक्त तालिमको आयोजना गरिएको डा विरेन्द्र सिंहले जानकारी दिए ।

तालिममा व्यपार गर्दा ध्यान दिनु पर्ने कुरा मूल्य निर्धारण, बजारीकरणलगायतका विषयमा प्रशिक्ष्ँण दिएको थियो । १४ जना किशोरीहरूको सहभागिता रहेको तालिममा शान्ता सुनार, विपाशा चौधरीले प्रशिक्ष्ँण दिएका थिए भने रमेश जैसवाल र धर्मेन्द्र चौरसियाले सहजीकरण गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय