अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ श्रावण १८, सोमबार १६:०० बजे

कपिलवस्तु – साउन महिना खास गरि भगवान शिवको आराधना गरिने गरिन्छ। साउन महिनामा भगवान शिवको आराधना गरे मनोकामना पूर्ण हुने जन विश्वास रहेको छ ।

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नौं औरहवा (भानपुर) अवस्थित प्राचीन प्रगटेश्वर महादेव मंदिरमा पूर्व मंत्री इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र)ले उक्त स्थानमा अवस्थित महादेव मंदिरमा रुद्राभिषेक गरेका छन् । जस्मा स्थानीय श्रद्धालु लगायत अन्यको उपस्थित रहेको थियो। उक्त शिव मंदिर त्यहाँका चौधरी परिवारले जिणोदार गरेका हुन् । चौधरी परिवारका पूर्वजहरुले सपना देखेर
त्यहाँ उत्खननको क्रममा शिव भगवानको मुर्ति भेटिएको थियो । त्यस पश्चात उक्त मंदिरको नाम प्रगटेश्वर महादेव मंदिर राखिएको थियो।

उक्त शिव मंदिर सिद्ध मंदिरको रूपमा चिनिन्छ । उक्त शिव मंदिरमा उत्खनन गरेर कति बर्ष पुरानो मंदिर हो भन्ने कुरा लगायत अन्य कुराको खोज अनुसंधान गर्नु पर्ने , उक्त ठांउमा भौतिक पूर्वाधार निर्माण र मंदिर छेउमा रहेको पोखरीको सुन्दरीकरण सरकारी निकायले गरेको खण्डमा आन्तरिक पर्यटनको रुपमा समेत विकास हुन सक्ने स्थानिय श्रवण कुमार चौधरीको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय