२०७८ श्रावण २०, बुधबार १४:०७ बजे

वीरगंज, २१ साउन l प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका ५ नं. वडा निचुटामा अध्ययनरत कक्षा-८ का छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

भारत का माहाबणिज्य दूतावास बिरगंजका बाणिज्य दुत श्री शैलेन्द्र कुमार ज्यूको प्रमुख आतिथ्यमा एवं जसपा नेपालका प्रदेश सदस्य दिपक यादवको विशेष पहलमा एक कार्यक्रमका विच ४४ जना क्षात्राहरुलाई साइकल वितरण गरिएको छ।

नेपाल राष्ट्रिय मा. वि. निचुटाको प्र. अ. श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालको संघीय परिषद सदस्य सलाउदिन अहमद, मुस्लिम फोरम केन्द्रिय अध्यक्ष नुरुलहोदा अन्सारी, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह, किसान संघको अध्यक्ष असर्फी साह, स्थानीय नेता रसिद मिया, भिखारी देवान, दिनेश यादव, महिन्द्र साह, मैनोदिन अन्सारी, मधुकान्त चौधरी, अमरनाथ सिंह राठोर, वडा सदस्य सलमा खातुन, स्थानीय पत्रकार प्रमोद यादव, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय