अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ श्रावण २२, शुक्रबार १५:२६ बजे

बिरगंज , २२ साउन। पर्सा प्रहरीले खसीको मासु भनी बाख्राको मासु विक्री गर्ने एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउसोको ४ बजे तिर पर्सा जिल्ला बिरगंज म.न.पा.वडा नं.१३ मुर्ली बस्ने अब्दुल अन्सारीले सञ्चालन गरेको मासु पसलमा काम गर्ने सोही ठाउँका २८ वर्षीय रोज अन्सारीले खसीको मासु हो भनी बाख्राको मासु विक्री गरिरहेको बेला पक्राउ गरेको हो।

सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको टोलीले उक्त पसलको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाई बेचिरहेको फेला परेकोले कालो बजारी मुद्दा अन्तर्गत कार्वाही हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय