अपडेट 
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा |
२०७८ श्रावण २३, शनिबार १४:३२ बजे

बिरगंज , २३ साउन। हाल विश्वभरी महामारीको रुपमा फैलि रहेको नोभेल कोरोना भाईरस कोभिड-१९ लाई मध्यनजर गर्दै सर्वसाधारणका लागि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि आज शनिवार साझ १७: ३० बजेको समयमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ बिरगंज पर्साको आयोजनामा “समुदाय- प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्ररही सेवा छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकराईको अध्यक्षतामा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. २ छपकैया सामुदायिक प्रहरी विट देखि ईदगाह चौक सम्म कोरोना भाईरस विरुद्धको पर्चा पम्प्लेट वितरण गर्नु साथै कोरोना भाइरस सम्बन्धी जिङ्गल बजाई कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम पसल पसलहरुमा पुगि र बाटोमा हिड्ने व्यक्ति हरुलाई समेत स्वास्थ्य सुरक्षा अपनाई नियमित माक्स प्रयोग गर्ने , साबुन पानीले हात धुने , खोक्दा र हाछयु गर्दा नाक र मुख छोप्ने , फ्लू जस्तो लक्षण देखिएमा चिकित्सक सङ्ग परामर्श लिने , पशुजन्य मासु तथा अन्डा राम्रो सङ्ग पकाएर मात्र खाने , सामाजिक दुरि कायम राख्ने , अति आवस्यक काम बाहेक घरबाट ननिस्कने जस्ता जनचेतनामुलक सन्देश पर्चा पम्पलेट बितरण गरियो ।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी वरिष्ठ उपाध्यक्ष मो.अब्दुल हक, कोषाध्यक्ष प्रेमा कुमारी सिंह, सचिव प्रविण विक्रम शाह, सदस्य अजित कुमार भुजेल, अब्दुल कैश मियाँ तेली, अरुण गोयल, मोमिला खातुन, ऐसहनुल हक (बिट्टु) सहेब हुसेन, वडा न.२ का महिला सदस्य नेसा खातुन , प्र.स.नि. मुनिलाल राउत, प्र.ह. विजय प्रसाद पटेल र प्र.ज. राज कुमार तामाङ्गको सहभागित रहेको थियो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय