
मेघराज राय – जिराभवानी, २३ साउन l पर्साको जगरनाथपुर गाउँपालिकाको छैठौ गाउँ सभा आज एक कार्यक्रम बिच सम्पन्न भएको छ । गाउँ सभा बाट आर्थिक वर्ष ०७८/०७९ को लागि ४० करोड ५ लाख ४६ हजार बजेट प्रस्तुत भएको छ ।
गाउँ सभा लाई गाउँपालिका अध्यक्ष जालीम मियाँले एक कार्यक्रम का बिच उद्घाटन गर्नु भएको थियोे ।गाउँपालिका अध्यक्ष जालिम मियाँले आफ्नो नाममा रहेका १४ कठा जग्गा गाउँपालीकाको नाममा दिने घोषणा गर्नु भएको छ। घर घरमा ग्यास चुलो बितरण गर्ने सबै वडालाई एक आपसमा जोड्ने सडक संजाल, दलितको घर उज्यालो अभियान अन्तर्गत निशुल्क मिटर र विधुत जडान गर्ने, पालिका अन्तर्गतका कोरोना बिरामीलाई पालिका मै राखि उपचार गर्ने लगायतका योजनालाई बजेटमा प्राथमिकता दिईएको छ।
गाउँपालिकामा शिक्षा ,स्वास्थ्य ,कृषि, महिला बालबालिका, जेष्ठ नागरिक लगायत भौतिक बिकासमा जोड दिनु भएको छ ।गाउँपालिकामा रहेको बिधालयहरुमा प्राबिधिक शिक्षा दिने जानकारी दिनु भयो । जगरनाथपुर गाउँपालिकामा गरिब अतिबिपन अत्याधिक रहेकोले विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याउने उहाले बताए ।
आर्थिक वर्ष ०७८/७९ को ४० करोड ५ लाख, ४६ हजार बराबर को अनुमानित बजेट शिक्षा संयोजक रामनरेश यादव ले प्रस्तुत गर्नु भएको थियोे । गाउँ सभा बाट समाजिक सुरक्षा कोष ७ करोड,बितिय सामानिकरण तर्फ ११ करोड६८ लाख,प्रदेश सरकार ७९ लाख ८२ हजार प्रदेश बिषेश अनुदान ३० लाख,समपुर्क अनुदान २० लाख आन्तरिक अनुदान ६ करोड,गरिब संघ बिशेश्वर ५ लाख ४६ हजार लगायत ४० करोड ५ लाख ४६ हजार के बजेट प्रस्तुत भएको छ।
गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रसाशकिय अधिकृत उतम कार्की,,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वडा अध्यक्षहरू मंगरू राउत गदी, , प्रभु प्रसाद नुनिया, लगायतकाले मन्तव्य राखेका थिए।गाउँ सभामा कार्यपालिका सदस्य ,गाउँपालिका महिला र पुरुष सदस्य ,स्थानियबासिन्दा,कर्मचारी ,पत्रकार , सुरक्षाकर्मी हरुको उल्लेखनीय सहभागिता रहेको थियोे । गाउँ सभामा उपस्थित पत्रकार , र महिला स्वयमसेबिकाहरु लाई अध्यक्ष मियाँले सम्मानित गर्नु भएको थियोे । कार्यक्रम संचालन स्वास्थ्य संयोजक पुरेन्द्र साह ले गरेका थिय ।