भोलि २७ औं विश्व आदिबासी दिवसको अबसरमा मध्यबिन्दु नगरपालिकामा सार्बजनिक बिदा



कावासोती । पुर्बी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नगरभित्र भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

मध्यबिन्दु नगरपालिकाले भोलि २७ औं बिश्व आदिबासी दिवसको दिन नगरभित्र सार्बजनिक बिदा दिन लागेको हो । बिदामा मध्यविन्दु नगरपालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा हुने नगरपालिकाले जनाएको छ ।

नगरकार्यपालिकाले २०७७ चैत १९ गते बसेको बैठकको निर्णय अनुसार अगष्ट ९ अर्थात साउन २५ गते सोमबार परेको विश्व आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय भए अनुरुप भोली सोमबार सार्वजनिक बिदा दिईएको नगरप्रमुख चन्द्र बहादुर राना मगरले  जानकारी दिनुभयो ।

नगरप्रमुख रानाले बिश्वको आदिबासीहरुले अगष्ट ९ अर्थात साउन २५ गतेलाई विश्व आदिबासी दिवसको रुपमा मनाईरहेको उल्लेख गर्दै, सम्पुर्ण आदिबासी समुदायलाई २७ औं आदिबासी दिवसको शुभकामना दिदै, कोभिड -१९ भाईरसको उच्च जोखिमको महामारीमा संयमता अपनाएर मनाउन अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज