२०७८ श्रावण २५, सोमबार १४:३२ बजे

रौतहट ,२५ साउन l रौतहटमा ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ l  प्रहरी चौकी मठिया महुलीयाबाट असई नरेश मेहताको कमाण्डमा खटिएको गस्ती टोलीले पक्राउ गरेको हो l

पक्राउ पर्नेहरूमा धनुषा जिल्लाको बट्टेश्वर गाउँपालिका वडा नं.४ वस्ने शियालाल वरई ठाकुरको छोरा अं.वर्ष ३८ को शत्रुधन वरई ठाकुर ,महोत्तरी जिल्लाको बर्दीबास नगरपालिका वडा नं.९ बन्द्रा पशुपतिनगर वस्ने श्रीराम विलोचन महतोको छोरा अं.वर्ष ३० को रन्जित महतो र महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका वडा नं.४ प्रेमनगर वस्ने सुफल महतोको छोरा वर्ष २५ को दिपेन्द्र कुमार महतो रहेका छन।

रौतहटको  ईशनाथ नगरपालिका वडा नं.४ कालिमन्दिर नजिकै पैदल तथा सवारी साधनबाट आवत जावत गर्ने मानिसहरुलाई रोकी चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको व्यक्तिहरुलाई रोकी चेकजाँच गर्दा निजहरुको साथबाट नेपाली रुपैयाँ १००० दरको जालि नोट ९,९३,०००(नौ लाख त्रियान्नब्बे हजार) रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिए।

जाली नोटसहित तीनै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको चिमरियाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय