
धनी राम काेरी – कपिलवस्तु , २५ साउन l कपिलवस्तु काे महाराजगन्ज नगरपालिकाले निर्माण गरेको महाराजगन्ज नगरपालिका वडा १ महाराजगन्ज काे मुख्य सडक महाराजगन्ज भित्र निर्माण भएको सडक ६ महिना नबित्दै भत्किन थालेको छ ।
महाराजगन्ज सहरी विकास अन्तर्गत ढल निकास तथा सडक स्तराेन्नती याेजना अन्तर्गत नाली तथा सडक कालाे पत्रे १ कराेड ५६ लाख १२ हजार काे लागत मा निर्माण भएको सडक गुणस्तरहीन रहेको स्थानीयले बताएका छन् ।
नगरपालिका का प्रविधिक प्रमाेद चाैधरी संग बुझ्दा सडक गुणस्तरहीन निर्माण भएको स्थानीय काे गुनासो रहेको छ , उहाँ ले भने स्थानीयलाई के थाहा । जुन ठाउँमा सडक भासिएकाे छ त्याे ठाउँमा निर्माण कम्पनीले पुन निर्माण गर्दछ ।
निर्माण कम्पनी पि.अार पन्थ जे.भी ले भने स्टिमेट अनुसार काम भएको छ । नया माटो पटानका कारण ले सडक केही ठाउँमा भासिएको छ ।
निर्माण भएको सडक ६ महिना नबित्दै यसरी भत्किएको छ भने कत्तिकाे गुणस्तरीय रहेको छ । स्थानीयकाे प्रश्न रहेको छ ।