
वीरगञ्ज २५ साउन
वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभाग को आयोजनामा आयोजित सामुदायिक वन दिवस २०७८ को अवसरमा आयोजना गरिएको एक कार्यक्रममा पर्सा जिल्लाको को सबैया साझेदारी वन व्यवस्थापन समुहले नेपाल को साझेदारी वनहरुमा सर्वोउत्कृष्ट स्थान हासिल गरेको छ।
सामुदायिक वन दिवस २०७८ को अवसरमा गणेशमान सिंह समुदायिक बन राष्ट्रिय पुरस्कार बाट सबैया साझेदारी वन व्यवस्थापन समुह का अध्यक्ष लखन लाल साह कानु लाई नगद ५५०००/- (पचपन हजार) र सम्मान पत्र प्रदान गरिएको छ सो अवसरमा मा डिभिजन वन कार्यालय का निम्त डिभिजनल वन अधिकृत फरमान मियाँ लाई पनि सम्मान पत्र प्रदान गरिएको छ।
सबैया साझेदारी वन व्यवस्थापन समुहले आ .ब. २०७४/०७५ मा डिभिजन वन कार्यालय का रेन्जर रेयाज अहमद अंसारी को नेतृत्वमा जंगल को अतिक्रमित जग्गा हटाईएको र सो जग्गामा तारवार गरि वृक्षारोपण गरिएको सो जग्गामा जंगल मा परिणत भएको छ।
सो कार्यक्रम का साथ साथै फलफूल का बिरुवाहरु पनि जंगल मा लगाईएको छ र साझेदारी अन्तर्गत का उपभोक्ता हरुलाई फलफूल का बिरुवाहरु वितरण गरिएको छ ।
सहज रुपमा काठ दाउरा बिक्री वितरण सहजै रुपमा उपभोक्ता ले सेवा लिन सकेको छ।
सबैया साझेदारी वन समुहले समुदाय स्तरमा बिभिन्न किसिमका तालिम गोष्ठी हरु गरेर समाज मा जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।
त्यसैले गणेशमान सिंह राष्ट्रिय पुरस्कार बाट पर्सा जिल्लाको को सबैया वन व्यवस्थापन समुहले लाई पुरस्कार प्रदान गरिएको डिभिजन वन कार्यालय पर्सा का अधिकृत एवं सबैया साझेदारी वन व्यवस्थापन समुहका सदस्य सचिव रेयाज अहमद अंसारी ले बताए।