अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ श्रावण २७, बुधबार १३:११ बजे

रुपन्देही । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको छिनोफानो गर्न बसेको लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

सभामुख पूर्ण घर्तीले एक घण्टाका लागि बैठक स्थगन गरिएको जानकारी सभामा दिए । अर्को बैठक पौने ३ मा बस्नेछ । मुख्यमन्त्री पोखरेलले भने प्रदेशप्रमुख अमिक शेरचनालाई राजीनामा दिइसकेका छन् । उनले राजीनामा दिए पनि उनीविरुद्ध प्रदेशसभाको बैठकमा अविश्वास प्रस्ताव छलफलका लागि पेस भएको छ।

जसविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको हो उसले त्यसको समाना गर्नुअघि नै राजीनामा दिएपछि त्यस सम्बन्धी प्रस्ताव कानुनी रुपमा स्वतः निष्क्रिय हुन्छ । तर, राजीनामाको पत्र प्रदेश प्रमुखबाट प्रदेशसभा सचिवालयमा प्राप्त भइनसकेकाले बैठक बसेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

पोखरेलविरुद्धको अविश्वास प्रस्तावको टुंगो लगाउन डाकिएको प्रदेशसभा बैठक सत्तारुढ एमालेले भने बहिष्कार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय