होटल व्यवसायी संघको अगुवाइर्मा एकसय २० जनाले खोप लगाए



वीरगन्ज,२७ साउन

वीरगन्जका होटल व्यवसायीले कोरोनाविरुद्धको आज खोप लगाएका छन् । वीरगन्जको होटले भिस्वामा होटल व्यवसायमा संलग्न व्यवसायी तथा कामदार कर्मचारी गरी १२० जनाले खोप लगाएका हुन् ।

व्यवसायी र कामदार कर्मचारीलाई खोपको पहिलो मात्रा दिइएको होटल व्यवसायी संघ पर्साका महासचिव तवरेज आलमले जानकारी दिए ।

स्थानीय होटल व्यवसायीले लामो समयदेखि खोप माग गर्दै आएकोमा वीरगन्ज महानगरपालिकको समन्वयमा खोप उपलब्ध भएको आलमले बताए ।

सीमावर्ती क्षेत्र वीरगञ्जको होटल व्यवसायमा संलग्न व्यवसायी र कामदार कोरोनाको उच्च जोखिममा थिए । खोपमा प्राथमिकता दिनुपर्ने माग व्यवसायीहरूको रहँदै आएको थियो ।

होटल व्यवसायीले कोरोनाविरुद्धका खोप लगाएपछि वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी र समाजिक बिकाश महासंघ प्रमुख अरुण महतो र स्वास्थ्य शाखाका रितेश जैसवाललाई सम्मान पनि गरीएको आलमले बताए ।

खोप लगाउने बेला सम्म होटल व्यवसायी संघ पर्साका अध्यक्ष दिपकमान श्रेष्ठ , होटल व्यवसायी सुनिल थापा , विद्यालाल गुप्ता लगायतकाले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज