रिले केमरा र पेजर बाट पत्रकारिता गर्ने पत्रकार लालबाबु बानिया २४ वर्षमा प्रबेश ,युवा हरुले गरे सम्मानित



पोखरिया, २८ साउन l पर्सा को ग्रामिण क्षेत्र बाट लामो सम्य देखि ग्रामिण क्षेत्रमा रहेका पत्रकारिता गरै पिछडिएका समुदाय हरु , निमुखा जनता र अवाज बिहिनका अवाज बनेर देश र बिदेश उठाउदै आएका पत्रकार लालबाबु बानिया ले आज २३औ वर्ष पारगरी २४ औ वर्षमा प्रबेश गरेकोमा आज एक कार्यक्रमका बिच पोखरियाका युवाहरुले सम्मानित गरेका छन।

पत्रकारहरु बिरगंज सदरमुकाममा केन्द्रित रहेर रिपोर्टिङ गरिरहेको बेला पत्रकार बानियाले ग्रामिण क्षेत्र बाट लामो समय देखि पत्रकारिता गरि निश्वार्थ जनताहरुको दुखसुखमा साथ दिएको आज सम्मानित गरिएको नेपाल रेडक्रस सोसाईटी पोखरियाका शाखा सभापति भगवान कुर्मी जानकारी दिएका छन।

ग्रामिण क्षेत्रमा दुईजना पत्रकार रहेको थियोे । गाउँ गाउँमा गएर गाउँ घरमा छुपेको घटना उजागर अवाज बिहिन को अवाज बनेर जनताहरु आईना बनेर जनताको दुख सुखमा निश्वार्थ सेवाको भावनाले हातोमालो गरेर पत्रकारिता धर्म निर्वाह गरेकोमा धन्यवाद समेत सभापति कुर्मीले दिनुभएको थियोे ।

त्यसतै पोखरियाका युवा नौसाद आलमले भने हामीहरु पोखरियामा पढिरहेको बेला पत्रकारिता क्षेत्रमा लालबाबु बानियाको निकै नाउँ सुनेका थिए कहिले काही बिधालय र बिधार्थी हरुको समस्या समेत उठाउने गरिरहेको थियोे ।

पत्रकारिता क्षेत्रमा ईमानदारीता र मेहनत लगनसिलता का कारण दुखसुख को सामना गर्दै यहा सम्म पुगनु भएको मा बधाई तथा शुभकामना को साथै अगामि देनमा समेत जनसमुदायहरुको अवाज बिहिनको अवाज र आईना बनेर अगाडि बढन आग्रह समेत गरेका थिए।

त्यसतै पोखरियाका युवा नेता मनिर आलम ले भने बिगत लामो सम्य देखि पत्रकारिता क्षेत्रमा ईमानदारीता , लगनसिलता मेहनती युवा पत्रकार अवाज बिहिनको अवाज बनेर जनता को ढुकढुकी दुखसुखमा काम गर्ने पत्रकार लाई सम्मानित गर्दा पनी कमै छ आफ्नो जान जोखिम मा पारेर यति लामो समय देखि पत्रकारिता गरिरहेको बेला सरकार पत्रकारहरुको हक हितमा केही सहयोग समेत गरेको छैन।

पत्रकारहरुको हकहितमा नयाँ योजना लेयाएमा समेत कहिले र कार्यनयन मा ल्याउने कुनै गरान्टी नरहेकोले युवा नेता आलमले दुख ब्यक्त गरे l सम्मान कार्यक्रममा पोखरियाका युवा राजु रौनियारले भने बिगत लामो समय देखि ग्रामिण क्षेत्र बाट पत्रकारिता गरिरहनु भएका बानिया ज्यु संग पुरानो अनुभव अहिलेको युवा हरु ले सिक्ने बेला आएको छ।

युवा पत्रकार हरु लाई सदय मेरो सहयोग र साथ रहने बताए । कार्यक्रम मा पत्रकार बानिया ले आफ्नो सुरु गरेको पत्रकारिता को संछिप्त अनुभव सुनाउनु भएको थियोे पत्रकारित गर्दा पेजर बाट सुरुगरेको पत्रकारिता र ग्रामिण क्षेत्रहरु मा टेलिफोन पनि थिएन पछी पोखरिया र जानकिटोल मा भिएचएफ टेलिफोन भयो त्यस बाट फोनमा द्वेखाउने गरिरहेको थिए।

प्रतेक दिन न्युज कलेकसन गरिने र फोन बाट लेखाउने नत्र हुलाक को माध्चियम बाट चिठी पत्रिकाको कार्यालय मा पठाउने पठाएको चिठि तिन दिन मा कार्यालय पुगथियो। मैले १ सय पचास मा रिल भएको केमरा खरिद गरेको थिए। फोटो खिचने
र फोटो साफ गराउन भारत को सिकटा र सदरमुकाम बिरगंज पुगेर रिल साफ गराउन जादा तिन दिन पछी फोटो साफ गरेर दिने गरिरहेको थियोे ।

पछी माओबादी द्वन्द्व कालमा पत्रकारहरु दुईटैको सिकार हुने गरिरहेको थियो । माओबादी द्वन्द्व कालका नेपाली सेनाले पत्रकारहरुको घरमा छापामारी माओबादीहरुको सुराकि हो भनेर गर्थियो । माओबादीहरुले पत्रकारहरुको घरमा छापामारी गरिरहेको थियो कि यो नेपाली सेना को सुराकी हो भनेर पत्रकार हरु दुबै जना को टार्जेटमा हुनथियो।

भुमिगतको डरत्रास ,मधेश अन्दोलन लगायत यसता सामना गर्दै आज यहा समम पुगे पोखरियाको युवा हरु लाई धन्यवाद समेत दिनु भएको थियोे ।

सम्मानित कार्यक्रम आकास एफएम १०१.९ मेघाहर्ज पोखरिया को कार्यालय मा सम्पन भएको थियोे ।कार्यक्रममा पत्रकार सैलेश साह कानु, पोखरिया का युवा हरु उमेस यादव,टाईचन याव,शिवकुमार साह,बिकास पटेल,रामबिश्वास चौधरी ,सनि पटेल , बिपिन चौहान लगायत को सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज