अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ कार्तिक २९, सोमबार १४:३९ बजे

मेघराज राय – जिराभवानी ,२९ कार्तिक। केही वर्ष अघिदेखि पर्सा जिल्लाबाट विस्थापित भएको खाँजा खेती पुनः फस्टाउन थालेको छ । केही वर्ष यतादेखि विस्तारै पर्सा जिल्लाको ग्रामीण भेगको विभिन्न ठाउँहरुमा पुनः गाँजा खेती हुन थालेको छ ।

अवैध लागूऔषध गाँजाको अत्याधिक खेती हुने भनेर बद्नाम पर्सा जिल्लाका तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठको पहलमा जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा खेतीलाई फडानी गरेर विस्थापित गरिएको थियो । तर, पछिल्लो समय विस्तारै पर्सामा पुनः गाँजा खेती फस्टाउन थालेको हो ।आजदेखि पर्सा जिल्लाको ठोरी गाउँपालिका वार्ड नम्बर ३ ब्रह्मानगरमा लगाइएको गाँजा खेतीलाई नष्ट गर्ने कार्यलाई तीब्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद कार्किको नेतृत्वमा गएको टोलीले ठोरी गाउँपालिका–३ , ब्रहमानगरको टोलस्थित करिब १३ विगहा क्षेत्रफलमा लगाइएको गाँजा खेती सोमबार (आज)नष्ट गरेको छ । ठूलो परिमाणमा लगाइएको गाँजाखेती नष्ट गरिएपनि कसले गाँजा खेती गरेको हो भन्ने प्रमाणित नभएकोले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

सूर्ती खेतीसँगै गाँजाखेती पनि !

ठोरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ नम्बर विजयबस्ती, घ्याङडाँडा, फायरलाइन लगायतका क्षेत्रमा सूर्ती खेतीकै बीचमै गाँजाखेती गरिएको पाइएको छ ।

गाँजाखेती गरिएको क्षेत्रहरु भारतीय सीमासँग जोडिएको र सूर्तीका ठूलठूला पातहरु भएको कारण सजिलै गाँजा देख्न नसकिने भएकोले सूर्ती खेतीसँगै गाँजाखेती पनि गर्ने गरिएको छ । पर्साको ठोरी गाउँपालिका विभिन्न वार्डमा गाजा खेती गरेपनि ईलाका प्रहरी कार्यालय ठोरी मौन हुनुको कारण स्थानीयले नजरानाको सङ्ह्या बुझिएको छ।
पर्साको ठोरी लगायत पर्साको भिभिन गापाको जङ्गल क्षेत्रमा गाँजाखेती गरिएको पाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय