२०७८ पुष १८, आईतवार ०३:०० बजे

काठमाडौं – नेपाली काँग्रेसको १४औं अधिबेशन अन्तर्गतका बाँकी रहेका १६ जिल्लाको अधिबेशन यहि पुस २७ गते हुने भएको छ ।

यसै क्रममा जिल्ला अधिबेशन गर्न बाँकी जिल्लामध्ये सिन्धुपाल्चोकमा पनि अधिबेशनको सरगर्मी बढेको देखिन्छ । कोही नेताहरूले सामाजिक सञ्जाल मार्फत र कोहीले त भेलानै गरेर धमाधम आफ्नो उम्मेदवारी प्रस्तुत गरिरहेका छन् ।

उम्मेदवारी प्रस्तुत गर्नेक्रममा सिन्धुपाल्चोकका युवा नेता एवं निवर्तमान क्षेत्रिय सचिव बासुदेव अधिकारीले जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

इन्द्रावती गाउँपालिका-७ साविक सिपापोखरेका अधिकारी २०६३ साल देखिनै राजनितिमा सक्रिय छन् । २०६३ मा राजेश्वरी माविको इकाई सभापति हुँदै राजनितिमा प्रवेश गरेका अधिकारी विद्यार्थि आन्दोलनका क्रममा २८ दिन जेल समेत परेका थिए ।२०६९ मा सिन्धुपाल्चोक क्षेत्र नं २ को नेविसंघ क्षेत्रिय सभापति बनेका अधिकारी २०७३ मा सोहि क्षेत्रको काँग्रेस पार्टिको क्षेत्रिय सचिव निर्वाचित भए ।

राजनितिका अलावा समाजसेवामा सक्रिय रहि आफ्नो छुट्टै पहिचाहन बनाउन सफल अधिकारी भुकम्प लगत्तै सिन्धु उत्थान केन्द्र नामक गैससको सचिवको हैसियतमा मिसन रिविल्ट नेपाल नामक संस्थाको कार्यक्रम ब्यबस्थापक भइ भुकम्प पिडितको अस्थायी बसोबास ब्यबस्थापनमा सक्रिय रहेका थिए ।

राजनिति र समाजसेवामा सक्रिय अधिकारी सिन्धु काँग्रेसका एक कुशल संगठक तथा शालिन र भद्र युवा नेताका रुपमा परिचित छन् । १४औं महाधिबेशनमा सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित पुरुष तर्फका कान्छा महाधिबेशन प्रतिनिधि अधिकारी युवाको एजेण्डा र काँग्रेस कार्यकर्ताको भावना बोकेर मैदानमा उत्रिने बताउँछन् ।

काँग्रेसमा व्यापक रुपमा बहसमा रहेको नेतृत्वमा पुस्तान्तरण र राजनितिमा रुपान्तरणको बिषयलाई ब्यबहारमा लागुगर्न आफ्नो उम्मेदवारी रहेको नेता अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय