अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०८० आश्विन ३, बुधबार ११:२५ बजे

जनकपुरधाम । तस्करी चोरी नियन्त्रणको लागि धनुषा प्रहरीका प्रमुख अहोरात्र खटिरहेको बेला धनुषा प्रहरीकै एक असई र एक घुमुवा प्रहरीले तस्करीसहित चोरीको मोटरसाईकल पार गराउने गरेको रहस्य बाहिरिएको छ ।

दक्षिणी धनुषाको ईटहर्वा नाकास्थित रहेको प्रहरी चौकी ईटहर्वाका प्रहरी असई दिपेन्द्र कुमार पटेल र सोही प्रहरी चौकीका घुमुवा प्रहरी हबल्दार घनश्याम पाण्डेले सो नाकालाई तस्करीको ट्रान्जिट प्वाइन्ट बनाएका छन् । सो नाकाबाट मात्र दिनहुँ लाखौँको भन्सारी छलीको समान तस्करी हुँदै आएको छ ।

मुख्य सडक सँजाल नभएको कारणले सो नाका तस्करहरुको लागि चोरनाकाको रुपमा परिचालित देखिएको छ । धनुषा प्रहरीले समेत सो नाकालाई हलुको लिँदा सोको फाईदा असई पटेल र घुमुवा पाण्डले पूर्णतः उठाइरहेका छन् ।

अन्य नाकाहरुमा सशस्त्र प्रहरी, जनपद प्रहरीले समेत कडाई गरेपछि लुकिछिपी सो नाकाबाट लाखौँको समान दैनिक रुपमा तस्करी गराउन असई पटेल र घुमुवा पाण्डेले सहयोग गर्दै आएका छन् । चल्ताफिर्ता सडक सँजाल नभएको फाईदा उठाउँदै उनीहरुले तस्करको लाईन सोही नाकाबाट अहिले जारी रहेको छ । नामुद तस्करहरुसहित धनुषाका चर्चामा रहँदै आएका तस्करहरुको लाईन पनि सोही नाकाबाट दिने गरिएको छ ।

महिनाथपुर, दुहबी, धनौजी नाकामा कडाई हुने गरेको छ , तर सोही नाकाहरुसँगै रहेको सानो नाका मानिएको इटहर्वा नाकामा सरोकारबालाको अपहुँचको फाईदा उठाउँदै पटेल र पाण्डेले तस्करीको ट्रान्जिट प्वाईन्ट बनाएका हुन् ।

सोही क्रममा धनुषाबाट चोरी हुने मोटरसाईकल भारतसम्म पुरयाउने नाकाको रुपमा ईटहर्वा नाका रहेको छ । अन्य नाकामा चुस्त गस्ती रहेको बेला चोरहरुले सोही नाकाबाट चोरीका मोटरसाईकलहरु भारत पुरयाउने गरेको नाम नखोल्नेत शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, कुनै पनि कागजपत्र नै नभएको मोटरसाईकललाई जिल्ला पुरयाईदिन्छु भन्दै पाँच हजार रुपैयाँ लिएर जान दिएको थियो ।

कागज पत्र नभएको सवारी चोरीको सवारी ठहरिन्छ् । सो नाकाबाट जनकपुरसहित अन्य ठाउँबाट चोरी हुने मोटरसाईकल भारत पुरयाउन चोरहरुले समेत दुवै जनालाई कमिशन दिने गरेको खुलेको छ । सुरुमा उनीहरुले चोरसँग महिनबारी तोक्न भनेपनि चोरहरुले मोटरसाईकल वापत मात्र दिने सहमति समेत गरेको बताईएको छ ।

असई पटेल र घुमुवा पाण्डेले सो नाकाबाट कपडा व्यापारी सुदिप, बतुल्लाह, धनबीर जस्ता तस्करलाई सहयोग गर्दै आएका छन् भने हिरा साह नामक तस्करलाई जनकपुरमा जाने किरानाको समानको तस्करी गराउने गरिएको छ । साभार : न्यूज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय