अपडेट 
नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड | ड्राइभर चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुडेपछि… | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु |
२०७८ आश्विन १७, आईतवार ०५:४५ बजे

काठमाडौं, १७ असोज । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।

अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले अनलाइनखबरलाई बताए ।

अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

को हुन् पञ्चा ?

कालीकोटको महावैमा जन्मिएकी पञ्चा २०५८ सालमा भूमिगत भएकी थिइन् । जतिबेला उनी १४ वर्षकी थिइन् । सुरुका ५/६ महीना कलाकारको टिममा थिइन् । लगत्तै विद्यार्थी संगठनमा आबद्ध भइन् ।

०५९ सालमा जुम्ला जिल्ला कोषाध्यक्ष हुँदै ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी थिइन् । १७औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी सिंहले ०६५ मा  भेरी-कर्णालीको संयोजकको जिम्मेवारी पाएकी थिइन् ।

त्यसपछि केन्द्रीय सचिव निवार्चित हुँदै नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा पञ्चा उपाध्यक्षको जिम्वारीमा थिइन् । २१औं महाधिवेशनमा उनी सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमै निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय