निलम्बित प्रधानन्यायाधीश जबराको ‘पीएसओ’ फिर्ता बोलाइयो, सरकारी गाडी पनि खोसियो



काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत र सरकारी कार फिर्ता ल्याएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो । गृह मन्त्रालयको निर्देशनमा स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ ।



औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ । पछुवाका रुपमा प्रयोग हुने जीप पनि प्रधान कार्यालयमा फिर्ता गराइएको छ ।



संसदको अन्तिम अधिवेशन सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत जाने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज