प्रसौनीमा ‘नेपाल–इन्डो टी–२० क्रिकेट कप’ चैत्र पहिलो सातादेखि हुने



वीरगंज। आगामी २०८२ साल चैत्र महिनाको पहिलो सातादेखि बारा जिल्लाको प्रसौनीस्थित चटिया बाबा ग्राउण्डमा “नेपाल–इन्डो टी–२० क्रिकेट कप” आयोजना हुने भएको छ। प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट जिल्लास्तरीय आठ टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

आगामी सात दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका छ वटा र भारतका दुई वटा टोली सहभागी हुनेछन्। प्रतिस्पर्धामा ११ स्टार क्रिकेट क्लब बारा, बारा क्रिकेट क्लब, पर्सा क्रिकेट क्लब, सर्लाही क्रिकेट क्लब, मकवानपुर क्रिकेट क्लब, रौतहट क्रिकेट क्लब, डायमण्ड क्रिकेट क्लब पटना तथा मोतिहारी क्रिकेट क्लब सहभागी रहनेछन्।

प्रतियोगिताको उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री श्री कृष्णप्रसाद यादव प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

आयोजक ११ स्टार क्रिकेट क्लब प्रसौनी, बाराले खेलाडी, अतिथि तथा सम्पूर्ण दर्शक महानुभावलाई उपस्थित भई प्रतियोगिता सफल बनाउन आग्रह गरेको छ। प्रतियोगितालाई मधेश प्रदेश सरकार तथा नेपाल वित्तीय संस्था कर्मचारी संघ (PRAD) राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेका छन्।

नेपाल वित्तीय संस्था कर्मचारी संघ (PRAD) राष्ट्रिय वाणिज्य बैंक संघका केन्द्र समिति सचिव श्री अतिन्दर राउतका अनुसार प्रतियोगिताको अनुमानित लागत करिब २५ लाख रुपैयाँ रहेको छ। प्रसौनीमा विगत १० वर्षदेखि निरन्तर रूपमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको जानकारी पनि उनले दिएका छन्।

थप जानकारीका लागि सम्पर्क नं.: ९८१७२४५५४० मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज