सौता हाल्ने सई धामी निलम्बित



नेपाल प्रहरीका नायव निरीक्षक (सई) जितेन्द्रसिंह धामी निलम्बनमा परेका छन्। बहुविवाह (घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको) मुद्दामा मुछिएपछि उनी निलम्बनमा परेका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनी स्वत: निलम्बनमा परेको जानकारी दिइएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुबेर कडायतले मुद्दा दायर भएलगत्तै धामीको जिम्मेवारी खोसिएको र निलम्बित गरिएको जानकारी दिए ।

उनका अनुसार धामीविरुद्ध चितवनमा बहुविवाहको मुद्दा दायर भएको थियो ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत धामीविरुद्ध चितवनमा मुद्दा दर्ता भएको हो । डेढ महिनाअघि मुद्दा परेकोमा अहिले धामी धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर