काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गर्नुभएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
एनपीएलको उद्घाटन खेल सोमबार साँझ ५ बजेदेखि सुरु भएको छ। पहिलो खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। एनपीएलमा विभिन्न टोलीबीच प्रतिस्पर्धा हुनेछ भने प्रतियोगिताले नेपाली क्रिकेटको विकास र खेलाडीको क्षमता प्रदर्शनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !