बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित मदरसा टोलबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहीबार राति करिब ८ः२० बजे २६ वर्षीय इमाम देवानलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका देवानको साथबाट प्लास्टिकसहित तौल गर्दा ०.११० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको छ।
बरामद पदार्थ लागूऔषध ब्राउन सुगर नै हो वा होइन भन्ने पुष्टि गर्न परीक्षण प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।


तपाईको प्रतिक्रिया !