असोज ६ देखि ८ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने



काठमाडौं । निर्वाचन आयोगले आगामी ६ देखि ८ गतेसम्म पुनः मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।

आयोगले उक्त तीन दिन अस्थायी मतदाता नामावली संकलन गर्ने जनाएको छ ।



एक तालिका प्रकाशन गर्दै आयोगले दिएको जानकारी अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन गर्न लागिएको हो ।



आयोगका अनुसार उक्त तीन दिनमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदीले अस्थायी मतदाता बन्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज