गोठाटार घटना : लाल मोहम्मदमाथि टाउकोमा २ सहित ४ राउण्ड गोली प्रहार



काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागेर उपचारको क्रममा ज्यान गुमाएका सर्लाही घर भएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार गोली लागेको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले उनको शरीरमा ४ गोली लागेको बताएका हुन् । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको छ ।



कागेश्वर मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का संचालक मोहम्मदलाई गोली लागेपछि प्रहरीले सुरुमा शंकरापुर अस्पतालमा लगेको थियो ।



७ बजे उनलाई प्रहरी र परिवारले अस्पताल लगेका हुन् । शंकरापुरबाट उनलाई महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा लगिएको थियो ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज