काठमाडौं । दुबईमा एकजना नेपालीले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) हात पारेका छन् । कार धुने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विकले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन् ।
मासिक एक हजार तीन सय दिराम कमाइ गर्दै आएका भरतले ३४ करोड ६३ लाख नेपाली रुपैयाँ जितेको दुबईको प्रतिष्ठित सञ्चारमाध्यम ‘खालिज टाइम्स’ ले जनाएको छ ।
दुबई जानुअघि उनी वैदेशिक रोजगारका सिलसिलामा साउदी अरब गएका थिए । दुबई आएपछि भने गत साढे दुई वर्षदेखि उनी महजुजका नियमित खेलाडी थिए ।
२७ सेप्टेम्बर २०१९ मा गएका भरत नेपाल फर्कने योजनामा थिए । तर, गत शनिबार अन्तिमपटक उनले लक्की ड्र खेल्ने निर्णय गरेका थिए । दुबई आउनुअघि उनी वैदेशिक रोजगारका सिलसिलामा साउदी अरब गएका थिए । दुबई आएपछि भने गत साढे दुई वर्षदेखि उनी महजुजका नियमित खेलाडी थिए । २७ सेप्टेम्बर २०१९ मा दुबई आएका भरत नेपाल फर्कने योजनामा थिए ।
तर, गत शनिबार अन्तिमपटक उनले लक्की ड्र खेल्ने निर्णय गरेका थिए । ‘पहिलोपटक दुबई आउँदा मेरो मनमा नेपाल फर्किनुअघि केही जित्छु भन्ने भावना थियो । यही विश्वासले उनलाई साप्ताहिक ड्रको प्रयास गर्न बाध्य बनायो,’ उनले भने, ‘त्यो बिहानको एक बजिसकेको थियो । अन्तिमपटक खेल्छु भन्ने सोचेर भाग लिएँ । मेरो लागि त्यो साँच्चै सपना साकार गर्ने समय थियो ।’
दुई सन्तानका पिता भरत तीन वर्षअघि दुबई गएका हुन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि आफू कामका लागि दुबई आएको उनले बताए । भरतले अब लगत्तै नेपाल फर्कने बताएका छन् ।