बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट | Online Nepal



काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओ आज बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८ हजार ९५ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।



उक्त आईपीओका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएकोमा १ हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।



कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता आइपिओ बिक्री गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज