प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कांग्रेस सत्तापक्षमा बस्छ : गगन थापा



काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएलगत्तै सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



उनले संसद्को आगामी बैठकअघि नै कांग्रेस सत्तापक्षमा बस्नुपर्ने बताए ।  महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुअघि नै सत्तापक्षमा जाने नजाने कुरा निर्णय गर्नुपर्ने बताए।



थापाले ५ गतेको संसद् बैठक बस्नुभन्दा पहिले कांग्रेसले बैठक बसेर विश्वासको मत पनि दिने र सरकारमा पनि सहभागी हुने भन्ने निर्णय गर्नु सुल्टो बाटो हुने बताए ।

संसद् बैठकअघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने, सरकारमा जाने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज