झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ८१ करोडमा सीमित



काठमाडौं । साताको चौथो दिन नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा कायम भएको छ ।

आज १३ वटा उपसमूहमध्ये पाँचवटाको समूहगत परिसूचक उकालो लागेको छ भने आठवटाको समूहगत सूचक ओरालो लागेको छ ।



बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ ।



नेप्सेको अनुसार बुधबार सेयर बजारमा २५ लाख कित्ता सेयर किनबेच हुँदा मात्र ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको सेयरधनीमा एनआईसी एशिया बैंकको ३ करोड ५६ लाखको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज