माओवादीले समानुपातिक उम्मेदवारको सूची भोलिमात्र टुङ्ग्याउने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार बिहान पदाधिकारी बैठक बसेर समानुपातिक सूचीलाई अन्तिम रुप दिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ९ बजे बैठक बसेर समानुपातिक लिष्ट फाइनल गरेर निर्वाचन आयोग बुझाउने भएको हो ।



आइतबार बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको सचिव गणेश शाहले बताए ।



प्रदेशबाट तेब्बरको संख्यामा समानुपातिक नाम सिफारिस भएर आएपछि पदाधिकारी बैठकले नाम छनोट गर्न सकस परेको हो ।

सोमबार अन्तिम रुप दिएर निर्वाचन आयोगलाई समानुपातिक लिष्ट माओवादीले बुझाउने भएको छ ।

निर्वाचन आयोगले भोलिसम्म समानुपातिकतर्फको सूचि बुझाइसक्नुपर्ने समय तोकेको छ।

संघीय संसदको प्रतिनिधिसभाका लागि १ सय १० र सातै प्रदेश सभाका लागि २ सय २० जनाको नाम भोलिसम्म दलहरूले निर्वाचन आयोगलाई बुझाइसक्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज