हेलम्बुको खोँचमा फसेका शिक्षकको हेलिकप्टरबाट उद्धार



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।



खोलामा नुहाउनेक्रममा उनी बेपत्ता भएका थिए। उनी खोलाको खोचमा अड्केको अवस्थामा फेला परेका थिए।



उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज