घुससहित पक्राउ परेका उपसचिव नेपालविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

​आइतवार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो । प्याराग्लाइडिङ सञ्चालन गर्ने अनुमति दिने प्रयोजनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो ।



अख्तियारको टोलीले उनको कारको खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । नेपालले बीबी एयरवेज प्रालिको इजाजत नवीकरण सम्बन्धी कार्य सम्पादन गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ ।



उनले आफूले बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग १६ लाख ५० हजार रुपैयाँ सापटी लिएको बयान दिएका थिए । तर, उक्त रकम नेपालले सापटी नभई घुसवापत लिएको अख्तियारको दाबी छ । अख्तियारले उक्त १६ लाख ५० हजार रुपैयाँ जफत गरी पाउन माग दाबी लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज