सरकारले ‘नजरबन्द’मा राखेको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली चोलेन्द्र निवासमा



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा पुगेको छ ।

जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।



संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।



तर, सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी उनको निवासमा खटाएको छ र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज