प्रत्यक्षतर्फ एक तिहाइ उम्मेदवार महिला सुनिश्चित गर्न दलहरुलाई आयोगको पत्र



काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई पत्र पठाउँदै प्रत्यक्षतर्फका उम्मेदवारमा एक तिहाइ महिला सुनिश्चित गर्न भनेको छ।

आयोगले शनिबार पत्र पठाएर आयोगको निर्णय अवगत गराएको हो।



‘मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन गर्दा नेपालको संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्म बमोजिम कम्तिमा एक तिहाइ महिला सुनिश्चित गरी मनोनयन गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका सबै राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने’, आयोगको निर्णयमा भनिएको छ।



निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन असोज २३ गते हुँदैछ। नेपालको संघीय संसद्‌मा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज