जीवनमा जित मात्र होइन हार्न पनि सक्नुपर्छ : मेयर बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले जीवनमा जितमात्र नभई हार्न पनि सक्नुपर्ने बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बालेनले यस्तो बताएका हुन् ।



मेयर बालेनले भने, ‘हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ । हामी सोसल मिडियामा ब्यस्त हुन्छौँ । हामी हार्न निकै डराउँछौँ ।



हामी आफूलाई कमजोर छौँ भन्ने सोच्छौँ तर त्यसरी सोच्नु हुँदैन । कुनैपनि कुरा हार्न सिक्नुपर्छ । सबै ठाउँमा सफल भइन्छ भन्ने हुँदैन । हार्नुले हामीलाई धेरै सिकाउँछ ।’

हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै उनले हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज