योगेश भट्टराईले फिर्ता गरे संसद् सचिवालयबाट लिएका सबै सामग्री



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा प्राप्त सबै सामग्री फिर्ता गरेका छन् ।

प्रतिनिधि सभाको कार्यकाल सकिएपछि उनले आइतवार आफूले सांसदको हैसियतमा प्राप्त गरेको सबै सामग्री फिर्ता गरेका हुन् ।



उनी २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङ जिल्लाबाट २९ हजार ४७९ मत प्राप्त गरी विजयी भएका थिए ।



उनले सांसदको हैसियतमा पाएको रातो पासपोर्ट समेत फिर्ता गरेको उनको सचिवालयले जनाएको छ ।

भट्टराई यस अवधिमा भएको जम्मा ३१८ बैठकमध्ये २६५ वटामा उपस्थित भएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज